कोलम्बियामा वायुसेनाको विमान दुर्घटना,६६ जनाको मृत्यु

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना,६६ जनाको मृत्यु

 कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । समाचारमा जनाइए अनुसार देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटना भएको हो ।दुर्घटनामा परी दर्जनौं मानिसहरू घाइते भएको बताइएको छ । वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले विमानमा सेनाका ११४ जवान र ११ चालक दलका सदस्यहरू सवार रहेका बताएका छन् । विमानमा आगो लागेका काराण विमानमा राखिएका गोला–बारूद विष्फोट भएको समाचारमा उल्लेख गरेको छ ।विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो सहर नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ । विमान दुर्घटनास्थलमा पुगेका उद्दारकर्मीहरू विमानको भग्नावशेषमा जिबित रहेका सेना र चालक दलका सदस्यको खोजीमा जुटेका समाचारमा उल्लेख छ ।