गएरातिको अविरल वर्षाका कारण  वीपी राजमार्ग  पुनः अवरुद्ध

गएरातिको अविरल वर्षाका कारण  वीपी राजमार्ग  पुनः अवरुद्ध


काठमाडौं । अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको  जानकारी दिए ।

बीपी राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बगाएका कारण काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलीखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सवारी साधन होल्ड अवस्थामा राखिएको छ ।

धुलिखेलका रोकिएका गाडीलाई चरिकोट हुँदै पठाइसकिएको प्रहरीले जनाएको छ । मङ्गलटारमा होल्ड भएका ४ वटा ईभी गाडीका १६ जना यात्रुलाई तेमालको सडक हुँदै धुलिखेलतर्फ पठाउने तयारी छ ।