गेटा मेडिकल कलेजबारे प्रष्ट पार्न सरकारसँग एमालेको माग

गेटा मेडिकल कलेजबारे प्रष्ट पार्न सरकारसँग एमालेको माग


काठमाडौं,जेठ २८ गते । गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय विपरीत बजेट मार्फत प्रतिष्ठानका रुपमा अगाडि बढाउने घोषणा प्रति नेकपा (एमाले)ले कैलालिले आपत्ति जनाएको छ ।

आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद धर्मराज पाठकले विश्वविद्यालय बनाउनुपर्ने प्रदेश बासीको माग विपरीत प्रष्ठिान बनाउने गरि काम अगाडि बढाएकोप्रति प्रदेश सरकारसँग जवाफसमेत माग गरेका छन् ।