सत्ता गठबन्धनको बैठक स्थगित, बेलुका फेरि बस्ने

सत्ता गठबन्धनको बैठक स्थगित, बेलुका फेरि बस्ने

आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको निष्कर्षविहीन टुंगिएको छ। गठबन्धन बैठक आजै पुनः बस्ने गरि स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। 

यसअघि सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको हिजो आइतवार बसेको बैठकमा पनि कुनै टुङ्गो लागेको थिएन । 

पालिका चुनावमा सिट बाँडफाँट गर्न भन्दै केही दिनदेखि सत्ता गठबन्धनको बैठक बस्दै आइरहेको छ ।