घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रूपैयाँले घटेको हो। सोमबार प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १६ हजार रुपैयाँमा कारोवार भइरहेको छ।
साथै तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदीको मूल्य १० रूपैयाँले बढेको छ। सोमबार १ हजार ४ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज १ हजार ४ सय २० रूपैयाँमा कारोवार भइरहेको छ।
थर्ड पोल 