घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य १ हजार ३०० रुपैयाँले घटेको छ । आज तोलामा १ हजार ३०० रुपैयाँले घटेर सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ।
अस्ति शुक्रवार तोलाको १ लाख १९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुन सँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी १५ रुपैयाँले सस्तो भएको छ । तोलामा १५ रुपैयाँ घटेर चाँदी तोलाको १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
थर्ड पोल 