चितवन दुर्घटनाः डाक्टरले आज बच्चा जन्माउने दिएका थिए मिति, तर अस्पताल नपुग्दै बिचबाटोमै अस्ताइन् रेनुका

चितवन दुर्घटनाः डाक्टरले आज बच्चा जन्माउने दिएका थिए मिति, तर अस्पताल नपुग्दै बिचबाटोमै अस्ताइन् रेनुका

काठमाडौं । शनिबार पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा बस र इभी माइक्रो बस दुर्घटनामा परेर हेटौँडाकी गर्भवती २७ वर्षीया रेनुका कँडेलले ज्यान गुमाइन् । उनलाई चिकित्सकले आज बच्चा जन्माउने मिति दिएका थिए। सोही कारण  शनिबार उनी सासू मैयाकुमारी र श्रीमान् सरोज पहाडीसहित इभी माइक्रोमा भरतपुर अस्पताल जाँदै थिइन्।

उनलाई आफ्नो दोस्रो सन्तान जन्माउने ठूलो धोको थियो। पहिलो सन्तान छोरीलाई ससुराको साथमा छाडेर उनी सासू र श्रीमान्‌का साथ चितवन हिँडेकी थिइन्। रेनुका हेटौँडामै स्वास्थ्य जाँच गराउँदै आएकी थिइन्। सन्तान जन्माउने समय आएकाले उनी परिवारसहित भरतपुर हिँडेकी हुन्। 

उनीहरूले चितवन त टेके तर भरतपुर अस्पताल पुग्न झण्डै २० किलोमिटर बाँकी छँदै भण्डारामा बससँग उनीहरू चढेको माइक्रो बस ठक्कर खाँदा गर्भको शिशुसहित तीनैजना सदाका लागि अस्ताए। उनीहरू तीनैजनाको त्यस दुर्घटनामा ज्यान गएको उनका आफन्तजनले जानकारी दिएका छन्। शनिवार बिहान १०ः १५ बजेको समयमा भएको उक्त दुर्घटनामा उनीहरूसहित ७ जनाले ज्यान गुमाएका छन्।