छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ
कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्ने उपमहानगरपालिका-१ शिवनगर बस्ने २२ वर्षीय भरतराज जोशीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै रूपन्देहीको सैनामैना नगरपालिका-३ पुष्पानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सैनामैना नगरपालिका-३ पुष्पनगर बस्ने ३९ वर्षीय सन्तोष चौधरी र सोही ठाउँ बस्ने ३३ वर्षीय हरी बुचा मगर रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
उता झापाको मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बुद्धशान्ती गाउँपालिका-४ सट्टाभर्ना बस्ने २२ वर्षीय सुरेन्द्र राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
अहिले उनीहरुलाई थुनामा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
थर्ड पोल 