जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प
काठमाडौं । पछिल्ला केही दिन निरन्तर भूकम्प गइरहेको जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको पैंक केन्द्र बनाएर मंगलबार बिहान ४ः५३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो।
सोमबार राति ९ बजेर ३१ मिनेटमा यही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ । यसअघि गत चैत २१ गते जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
थर्ड पोल 