जेनजी प्रदर्शनः अहिलेसम्म मृत्यु हुँनेको संख्या ९ पुग्यो 

जेनजी प्रदर्शनः अहिलेसम्म मृत्यु हुँनेको संख्या ९ पुग्यो 

काठमाडौं ।   भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।