टोपबहादुर रायमाझी अस्पताल भर्ना, मुटुमा समस्या

टोपबहादुर रायमाझी अस्पताल भर्ना, मुटुमा समस्या


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई मुटुमा समस्या देखिएको छ । 

बुधबार रायमाझीको मुटुमा समस्या भएपछि  मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । 

चिकित्सकहरुले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिँदै अहिले निगरानीमा राखिएको बताएका छन् ।