ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, २ जना घाइते

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, २ जना घाइते

काठमाडौं ।  अछाममा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । 

दुर्घटनामा ज्यान गुमाएको परिचय खुलिसकेको छैन । घाइते भएका दुईजनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।विस्तृत विवरण आउन बाँकी छ ।