स्थानीय निर्वाचन : देशभर उम्मेदवारी दर्ता सुरू 

स्थानीय निर्वाचन : देशभर उम्मेदवारी दर्ता सुरू 

आसन्न स्थानीय तह निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज बिहान १० बजेदेखि मनोनयनपत्र दर्ता भइरहेको छ । उनका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारी मनोनय हुनेछ ।

७५३ स्थानीय तहमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आइतबार र सोमबारका लागि मनोनयनको समय तोकिएको छ । बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने आयोगले जनाएको छ ।

मनोनयनपत्र दर्ता भएका उमेदवारको सूची १२ गते प्रकाशन गर्ने, वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने आयोगको कार्यतालिका छ ।