दशैंमा उपत्यका छाड्नेको लर्को

 दशैंमा उपत्यका छाड्नेको लर्को


काठमाडौं । दशैं मान्न कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौंका नाकामा सवारीको चाप बढेको छ। काठमाडौंको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको हो।  विभिन्न पेशा–व्यवसाय गरेर बस्नेहरू दसैँ मनाउनका लागि गाउँ फर्किँदै गर्दा विभिन्न स्थानबाट गाडी चढ्नेहरूको लर्को देखिन्छ ।

यात्रुको भीड र सवारी साधनको चाप बढेपछि सडकमा काठमाडौंका नाकामा जाम बढेको छ। दशैंको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्नेको संख्या बढ्दो छ।आजदेखि दशैंको बिदा पनि सुरु भएको छ । आज (फूलपाति) बिहानैबाट विभिन्न बस काउन्टर तथा चोकहरूमा मानिसहरू बाक्लो संख्यामा देखिएका छन् ।