दशैँमा कमेडी फिल्म खोज्नेलाई ‘हरिबहादुरको जुत्ता’ बिकल्प
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको लेखन र शीर्ष अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ ।
असोज १३ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउन लागेको यस फिल्मको निर्माण पक्षले शनिबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।
यो फिल्ममा हरिवंशले निर्वाह गर्ने गरेको चर्चित पात्र ‘हरिबहादुर’लाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ । ट्रेलरले यो फिल्म सामाजिक कथामा हाँस्य खुराक मिसाएर बनाइएको बताउँछ ।
ट्रेलरमा निर्वाचनको दृश्य समावेश गरिएको छ । जसमा नायिका स्वस्तिमा खड्का नेतृको भूमिकामा देखिन्छन् । नायक प्रकाश सपुत भने ‘साइबर सेनाको नाइके’को रूपमा प्रस्तुत भएका छन् ।
थर्ड पोल 