दोहोरो अंकले बढ्यो सेयर बजार

 दोहोरो अंकले बढ्यो सेयर बजार


काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार २०.६२ अंकले बढेको सेयर बजार २०८०.१२ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँको कारोबार भएको छ । यसदिन १६५ वटा कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ ।