धौलागिरी हिमालमा सात महिना पछि भेटियो लामाको शव
काठमाडौं, ३० बैशाख । विगत ७ महिनादेखि बेपत्ता भएकाको शव धौलागिरि हिमालमा फेला परेको छ । म्याग्दीको धवलागिरि गाउँपालिका –४ स्थित धौलागिरीमा ७ महिना पुरानो शव फेला परेको हो । सो फेला परेको शव सिन्धुपाल्चोक जिल्ला लिपा–१ का २७ वर्षीय देव लामामा रहेको पुष्टी भएको छ ।
नेपाली सेनाका दुईजना र लामाका आफन्त एकजनासहित इन्द्रसिंह शेरचनसहितको टोलीले उक्त शव फेला पारेको हो । उनीहरुले पाँचहजार मिटर उचाईमा रहेको फ्रेन्च पास आधार शिविरमा सो शव फेला पारेका थिए ।
फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत् विदेशी पर्यटक लिएर गत असोज २० गते धौलागिरि आधार शिविर पुगेका लामा अचानक आएको हिउँपहिरोमा परी बेपत्ता भएका थिए ।