नेपाल ए ले क्यानडा–११ लाई दियो २१७ रनको लक्ष्य
काठमाडौं । नेपाल ए क्रिकेट टिमले क्यानडा–११ लाई २१७ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिला ब्याटिंग गर्दै नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउदै २१६ रन बनाएको हो ।
नेपाल ए का लागि बषिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए । त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, बिबेक यादवले २१ रनको योगदान दिएका थिए । त्यस्तै क्यानडा–११ का बलर साद बिन जाफरले सर्बाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहिले २ विकेट लिएका थिए ।
थर्ड पोल 