नेपाललाई लगातार झट्का, ओमानविरुद्ध चौथो विकेट पनि गुमायो नेपालले
त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कपमा नेपालले ओमानविरुद्ध चौथो विकेट गुमाएको छ । टस हारेर ब्याटिङ थालेको नेपालका लागि कप्तान रोहित पौडेलसँग अर्धशतकीय साझेदारी गर्दै राम्रो सुरुआत दिएका भीम सार्की २०.३ ओभरमा जिसम मक्सुदको बलमा आउट भए।
यस्तै उनले आउट हुनुअघि ५६ बल खेल्दै ४ चौका र एक छक्का प्रहार गरे । यसअघि, ओमानले तेस्रो सिकार कप्तानर रोहितलाई बनाएको थियो । रोहित फैयाज बटको बलमा क्याच आउट भएका थिए । उनी, ३४ बलमा २ चौका प्रहार गर्दै २३ रन जोडेर आउट भएका हुन् ।
सुरुवाती खेलमा २८ बलसम्म पनि खाता नखोली नेपालले दुबै ओपनर गुमाएको थियो । कुशल भुर्तेल २.२ ओभरमा डक आउट र आसिफ ३.४ ओभरमा कलिम उल्लाको बलमा आउट भए ।
थर्ड पोल 