नोबेल शिक्षण अस्पतालमा  कोरोना संक्रमित महिलाको मृत्यु

 नोबेल शिक्षण अस्पतालमा  कोरोना संक्रमित महिलाको मृत्यु

 काठमाडौं । नोबेल शिक्षण अस्पतालमा विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आज बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।

मृतक महिलाको ठेगाना इलामको सूर्योदया नगरपालिका रहेको नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए ।उनका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो । श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो ।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित देखिरहेका छन् । प्रदेश स्वास्य मन्त्रालयका अनुसार कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।