नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघले दियो बधाई सन्देश

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई संयुक्त राष्ट्रसंघले दियो बधाई सन्देश


काठमाडौं।  नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शुभकामना सन्देश दिएकी छन् ।

संयुक्त राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ ।