नेपाली ठग्ने म्यानपावर व्यवसायी यूएईबाट पक्राउ
रोजगारीको प्रलोभनमा फसाएर नेपालीलाई भिजिट भिसामा युएई पुर्याउन तल्लीन त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्याय युएईमा पक्राउ परेका छन्।
त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका सञ्चालक उपाध्यायले नेपालीलाई यूएईमा अलपत्र पारेको र ठगी गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जानकारी त्यहाँको प्रहरीले नेपाली दूतावासलाई गराएको छ ।
यूएई भ्रमणका क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधनमन्त्रीबीच यूएईमा अलपत्र परेका नेपालीहरुको समस्या समाधान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउने विषयमा सहमति भएको थियो ।