महाराजगञ्जबाट शङ्कास्पद २२ जना चिनियाँ नागरिक पक्राउ

महाराजगञ्जबाट शङ्कास्पद २२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौंको महाराजगञ्जबाट २२ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यापारिक भिसामा आएर अन्य गतिविधि गरेको आशङ्कामा उनीहरूमाथि अनुसन्धान थालेको विभागका अध्यागमन अधिकृत मनोहर थापाले जानकारी दिए। 

उनीहरुमाथि अध्यागमन विभाग अनुसन्धान भइरहेको छ । विजनेस भिसामा नेपाल आएका उनीहरुको भिसाको म्याद सकिइसकेको छ ।

उनीहरु भिसा अवधि सकिए पनि अनलाइन जुवा खेलाउन र विभिन्न किसिमको ठगीमा संलग्न भएको प्रहरीको अनुमान छ ।