प्रि–ओपन सेसनमा साढे ८ अंकले घट्यो नेप्से सूचक

प्रि–ओपन सेसनमा साढे ८ अंकले घट्यो नेप्से सूचक


काठमाडौँ । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ८ अंकले घटेको छ । आइतबार प्रि–ओपन सेसनमा ८.५४ अंकले घटेको नेप्से परिसूचक १९८६.०५ विन्दुमा गएर अडिएको छ ।

यस सेसनमा ६२ कम्पनीको १६४ पटक भएको कारोबारमा १७ हजार ५०६ कित्ता सेयर किनबेच हुँदा ६४ लाख ९७ हजार ७३४ रुपैयाँको कारोबार भएको छ । यस सेसनमा ९ कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको घटेको छ भने १० कम्पनीको सेयर मूल्य स्थिर छ ।