प्रतिनिधिसभा बैठक आज बस्दै, प्रि बजेटमा छलफल हुँने
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।
राष्ट्रियसभामा उत्पति भएको विधायन सम्बन्धी विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधयेक टेबुल गरिनेछ । साथै, उधोग विणिज्य तथा आपुर्ती मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको विधुत व्यापार विधेयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थ मन्त्री प्रकाशशरण महतले आव २०८१÷८२ का लागि विनियोजन विधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
थर्ड पोल 