पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध, आउ–जाउ पूर्णरुपमा बन्द
काठमाडौं । पहिरो खसेका कारण कान्ति लोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका ४ पाङदुरमा पहिरो खसेकाले कान्ति लोकपथ अवरुद्ध भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहान पाँच बजेतिर खसेको पहिरोले काठमाडौं र हेटौंडा आउ–जाउ पूर्णरुपमा अवरुद्ध छ ।यसैगरी सडक बिस्तारको क्रममा रहेको सूर्यविनायक–साँगा सडकखण्ड पानी परेकाले चिप्लो भएकाले यातायात अवागमन प्रभावित भएको छ ।
सो सडकखण्डमा ट्राफिक प्रहरीको निर्देशन पालना गर्दै संयमित भएर सवारी साधन चलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।
थर्ड पोल 