संकटको बेला मुलुकलाई नेतृत्व प्रदान गर्ने पार्टी नेपाली कांग्रेस मात्रै हो: प्रकाशमान सिंह

संकटको बेला मुलुकलाई नेतृत्व प्रदान गर्ने पार्टी नेपाली कांग्रेस मात्रै हो: प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकुलाई नेतृत्व गर्ने एकमात्र पार्टी कांग्रेस भएको दावी गरेका छन्। उनले शंखमुलमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै बुधबार यस्तो दावी गरेका हुन्।

सिंहले ठुला राजनीतिक परिवर्तन पनि कांग्रेसले नै गरेको बताउँदै अहिलेको राजनीतिक अस्थिरताबाट निकास र जनताले चाहेको विकास कांग्रेस ले नै दिएको उल्लेख गरे।  अनावश्यक भ्रमको पछि नलाग्न सबैमा आग्रह गर्दै उनले भने, 'देशलाई संकट पर्दा काम गर्न नसक्ने महत्त्वपूर्ण निर्णय लिनु पर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिएर अब जनताले पत्याउँदैनन्। जनताले हित गर्ने पार्टी कुन हो, ढुलमुले पार्टी कुन होरु छुट्याउने बेला आएको छ।'

उनले कांग्रेसले मुलुको राजनीतिक र सामाजिक आर्थिक रुपान्तरणका लागि निकै महत्त्वपूर्ण भुमिका खेलेको बताए। अझै पनि निर्वाचन होला र भन्ने भ्रम नपाल्न उनले आग्रह गरे।