बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट
काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सो आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।
सो सेयरमा कुल २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन् भने २१ लाख ४३ हजार २५० आवेदन स्वीकृत भएका छन् ।
थर्ड पोल 