बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ ।  आज सुन तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आइतबार चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो ।