बैतडीमा एक ८ वर्षीय बालिका मृत फेला

1.

बैतडीमा एक ८ वर्षीय बालिका मृत फेला परेकी छन् ।  पाटन नगरपालिका–४ पटेलाका रामबहादुर चन्दकी ८ वर्षीया छोरी ललिता चन्द मृत फेला परेको प्रहरीले जनाएको छ।  

सोमबार बाख्रा चराउन गएकी चन्द सम्पर्कविहीन बनेकी थिइन् । उनलाई आज बिहान  सुर्नया गाउँपालिका २ को मङरौँ खोलामा शव फेला परेको हो।  उनलाई  स्थानीयहरुले खोजतलास गरि प्रहरीलाई खबर गरेका थिए। 

इलाका प्रहरी कार्यालयबाट पाटनबाट प्रहरी निरीक्षक कमल प्रसाद चौधरीको टोली घटनास्थलमा खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । 

उनि पाटन–४ स्थित मसानी दलित आधारभुत विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन । उक्त विद्यालयमा आज शोक बिदा दिइएको जनाइएको छ ।