बीपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन धुलिखेलमा ‘होल्ड’
अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ ।
वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशीले विभिन्न स्थानमा सडक कटानगरेपछि राजमार्ग अवरुद्ध छ ।
बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए ।



थर्ड पोल 