बीमा मार्फत प्रदान हुने ८ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिक १ देखि लागू हुने

बीमा मार्फत प्रदान हुने ८ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिक १ देखि लागू हुने

काठमाडौं ।  स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो कार्तिक १ गतेदेखि पाउने भएका छन्।

मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिक देखि यो व्यवस्था लागू गर्न लागेको हो।

एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै “विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)” स्वीकृत गरेका थियो। संशोधित निर्देशिका अनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो।