बोलिभियामा २ बस एक आपसमा ठोक्किँदा भयानक दुर्घटनाः ३७ जनाको मृत्यु
काठमाडौं । दक्षिण बोलिभियाको राजमार्गमा भएको सडक दुर्घटनामा ३७ जनाको मृत्यु भएको छ । करिब ४० जना घाइते भएका छन् । दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
सन्तुलन गुमाएका कारण एउटा बस डिभाइडर तोडेर अर्को बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा दुई बालबालिका समेत रहेका छन् ।
प्रहरी कमान्डर विल्सन फ्लोरेसले दुर्घटनाको पुष्टि गर्दै एउटा बसका चालकको अवस्था गम्भीर रहेको र अर्को बसका चालकको अवस्था स्थिर रहेको बताए । घाइतेहरू खतरामुक्त छन् । मृतकको शवलाई नियन्त्रणमा लिई आफन्तलाई बुझाइएको छ ।
थर्ड पोल 