भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

भक्तपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु


काठमाडौं । भक्तपुरमा टिप्पर र स्कुटी एक आपसमा ठोकिएर भएको दुर्घटना परि एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यपुर ठिमि नगरपालिका –२ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडी बहाखा बजारबाट सानोठिमी तर्फ जाँदै गरेको बा.४ ख.२३४७ नम्बरको टिप्पर र बिपरीत दिशाबाट आँउदै गरेको बा. ९२ प. ५५३१ नम्बरको स्कुटी एक आफसमा ठोक्किएर भएको दुर्घटनामा परि स्कुटी चालक काभ्रेपलान्चोकको रोशी गाँउपालिका–१० का २३ वर्षीय बिशाल मैनालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मैनालीलाई उपचारका लागि नागरीक अस्पताल गठ्ठाघर, भक्तपुर लगेकोमा उपचारको आइतवार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगाना बताए । दुर्घटना भएको सवारी साधन टिपर जिल्ला प्रहरी परिसरमा राखिएको र टिपर चालक धादिङको थाक्रे गाँउपालिका–७ का सुरेश तामाङलाई प्रहरी वृत्त ठिमी भक्तपुरको नियन्त्रणमा राखिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।