भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार
भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले यस अवधिमा रु चार करोड ६६ लाख ४९ हजार ५४० राजस्व असुली गरेको हो । यो दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो ।
कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा चोरी, पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै वैधानिक रुपमा भन्सार नाकाबाट हुने आयातमा वृद्धि भएकाले राजस्व असुलीमा सुधार आएको हो । विशेषगरी यस अवधिमा साडी, कुर्तासलवारलगायत कपडाको आयात बढेको मेहताले बताए ।
भदौमा मात्र रु दुई करोड १० लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा कार्यालयले रु तीन करोड १६ लाख १५ हजार ४२२ सङ्कलन गरेको छ । यो लक्ष्यको १५० दशमलव ३८ प्रतिशत हो । यसअघि साउनमा रु एक करोड ५० लाख ३४ हजार ११८ राजस्व सङ्कलन भएको थियो ।
थर्ड पोल 