मुलुकको आर्थिक संकट समाधानका लागि नयाँ रणनीति तयार गरिने: नवनिर्वाचित अध्यक्ष ढकाल

1.

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्र ढकालले पदभार ग्रहण गरेका छन्। आइतबार काठमाडौंको टेकुस्थित महासंघको कार्यालयमा पुगेर अध्यक्ष ढकालले पदभार ग्रहण गरेका हुन्।   

पदभार ग्रहण गर्दै अध्यक्ष ढकालले आफ्नो कार्यकालमा आफुले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि रणनीति तयार गर्ने बताए । उनको अनुसार राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्दै मुलुकमा लगानीको वातावरण बनाउन पहल गरिने छ।  

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७औँ साधारणसभा मार्फत ढकाल २०औँ अध्यक्षमा निर्वाचित भएका जनाइएको छ।