महानगरको पूर्वाधार एम्बुलेन्स डेमो योजनामै सीमित
देशको राजधानी काठमाडौंका सडकमा असङ्ख्य खाल्डाखुल्डी छिचोल्दै गन्तव्यसम्म पुग्नुपर्ने सवारी चालकको नियति छ । काठमाडौंका सडकमा चालकले जोखिम मोलेरै यात्रा गर्दै आइरहेका छन् ।
यो नियतिलाई बदल्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेको पहिलो बैठकमै पूर्वाधार एम्बुलेन्सको अवधारणा सुनाएका थिए । महानगर मातहतका सडक थप सुरक्षित र व्यवस्थित बनाउन भन्दै उनले गरेको प्रस्ताव २०७९ जेठ १६ गते बसेको महानगरको बैठकबाट पास पनि भयो ।
यस अनुसार महानगरले असारदेखि नै दुई वटा निर्माण सामाग्री बोकेका एम्बुलेन्स सडकमा कुदाउन थाल्यो । एम्बुलेन्सले जन गुनासो आउने बित्तिकै सडकको खाल्डाखुल्डी पुर्ने तथा ठाउँ ठाउँमा फुटेका ढल लगायत पूर्वाधारको आकस्मिक मर्मत सम्भार गर्ने बताइएको थियो ।
तर १० करोड रुपैँया बजेट छुट्टाएर सुरु गरिएको पूर्वाधार एम्बुलेन्स प्रभावकारी हुन भने सकेन । अन्ततः कम खर्चमा तुरुन्त मर्मतको लाभ हुनेगरी ल्याइएको महानगरको यो घोषणा डेमो योजनाकै रुपमा सीमित हुन पुग्यो ।



थर्ड पोल 