यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो ६८, आलु रातो (भारतीय) प्रतिकिलो ३४, आलु रातो (मुडे) प्रतिकिलो ४७, आलु सेतो प्रतिकिलो ५४, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३५ रहेको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो १३०, गाजर (तराई) प्रतिकिलो ११०, बन्दा (लोकल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो १३०, रातो मूला प्रतिकेजी ६०, सेतो मूला (लोकल) प्रतिकिलो ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ६०, भन्टा लाम्चो प्रतिकिलो ६०, भन्टा डल्लो प्रतिकिलो ९०, तने बोडी प्रतिकिलो १२०, मकै बोडी प्रतिकिलो ६५ कायम भएको छ ।
यसैगरी, मटर कोसा प्रतिकिलो ३००, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ९०, घिउ सिमी (राजमा) प्रतिकिलो २३०, टाटे घिउ सिमी प्रतिकिलो १२०, भटमास कोसा प्रतिकिलो ९०, तीतो करेला प्रतिकिलो १००, लौका प्रतिकिलो ५५, परबर (लोकल) प्रतिकिलो १००, परबर (तराई) प्रतिकिलो १००, चिचिण्डो प्रतिकिलो ७०, घिरौँला प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ७५, फर्सी (लाम्चो) प्रतिकिलो ८०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ६०, सलगम प्रतिकिलो १००, भिन्डी प्रतिकिलो ९०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो १०० कायम गरिएको छ ।



थर्ड पोल 