ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन ९९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि आइतबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।