यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार मूल्य


काठमाडौं । आज ज्यापु काउली, तने बोडी, गाजर, झिगुनी, परवरदेखि सलगमसम्मको मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्रकाशित गरेको मूल्यसूची अनुसार आज आधा दर्जन तरकारीको थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ तोकिएको हो । 

त्यस्तै, ठुलो नेपाली गोलभेडा, स्थानीय काउली, सिमी, तराई परवर, चुकुन्दर र रातो बन्दा प्रतिकेजी ५५ रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, टनेल गोलभेडा १९ रुपैयाँ ६७ पैसा, रातो आलु ५३ रुपैयाँ ३३ पैसा, रातो आलु ९भारतीय० ४९ रुपैयाँ, मुडेको रातो आलु ५१ रुपैयाँ र सुकेको प्याज ८२ रुपैयाँ २५ पैसा तोकिएको छ ।