राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

 राजसंस्था पुनर्स्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन


काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि राजावादी दल तथा संस्थाहरुले जेठ १५ गतेदेखि अनिश्चतकालिन जनआन्दोलन घोषणा गरेका छन् । राजसंस्था पुनस्थापना र सनातन हिन्दु धर्म रक्षका लागि आन्दोलन घोषण गरिएको राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले जानकारी दिए । 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन घोषणा गरिएको हो । उक्त घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित थिए । 

घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् ।