रुपन्देही–३ उपनिर्वाचनः एमालेबाट खिमलाल भट्टराई उम्मेदवार, रास्वपाबाट सागर ढकालको नाम चर्चामा
काठमाडौं । रुपन्देही क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। उपनिर्वाचनको तयारी तीव्र भइरहेका बेला एमालेले खिमलाल भट्टराईलाई उम्मेदवार बनाइसकेको छ भने रास्वपाबाट सागर ढकालको नाम चर्चामा छ।
पछिल्लो निर्वाचनमा शेरबहादुर देउवासँग डडेलधुराबाट पराजित भएका ढकाल, हाल रास्वपासँग निकट छन्। उनले सिंहदरबारमा सांसद सुमना श्रेष्ठसँग फेसबुक लाइभ गर्दै उम्मेदवारीको संकेत दिएका थिए।
रास्वपा प्रवक्ता मनीष झाले पनि उम्मेदवारीको सम्भावना रहेको बताउँदै “चर्चा हुनु भनेको राम्रो हो” भनेका छन्।तर, अन्तिम निर्णय हुन अझै चार चरण प्रक्रिया बाँकी रहेको उनको भनाइ छ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा यहाँबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा निर्वाचित भएका थिए। गत चैत १९ गते उनको काठमाडौँको ओम अस्पतालमा उपचारको क्रममा निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।



थर्ड पोल 