राप्रपाको सहायक महामन्त्री छाडेका शाह रास्वपा प्रवेश, पाए जिम्मेवारी
राप्रपाको सहायक महामन्त्री पद छाडेका सौरेन्द्र बहादुर शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । चुनावी माहौल बढिरहेकै बेला उनी रास्वपा प्रवेश गरेर पार्टीको प्रचार प्रसारमा जुटेका छन् ।
पार्टी प्रवेशसँगै उनलाई रास्वपाले जिम्मेवारी समेत दिइसकेको छ । उनलाई पार्टी उपसभापति डीपी अर्याल मातहतको संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौँ जिल्लामा पार्टीको सम्बन्धित क्षेत्रहरूमा सहयोग र समन्वय गर्ने गरी जिम्मेवारी दिइएको हो।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाले जिम्मेवारी दिएको जानकारी गराउँदै लेखेका छन्, ‘पार्टीको उपसभापति डीपी अर्यालजी संयोजक रहेको संघीय निर्वाचन सम्पादन समितिमा सदस्य र काठमाडौँ जिल्लामा पार्टीको सम्बन्धित क्षेत्रहरूमा सहयोग र समन्वय गर्ने गरी मलाई जिम्मेवारी दिएकोमा पार्टीलाई धन्यवाद ।’



थर्ड पोल 