राप्रपालाई अब बत्ति बालेर खोज्नुपर्ने -राष्ट्रवादी नेता किशोरबहादुर कार्की

राप्रपालाई अब बत्ति बालेर खोज्नुपर्ने -राष्ट्रवादी नेता किशोरबहादुर कार्की
यो अवस्था अचानक आएको होइन।
आज पार्टी शून्यतर्फ किन अग्रसर हुँदैछ भन्ने कुरा धेरैले बुझिसकेका छन्।
पार्टीलाई कमजोर बनाउने बाहिरी शक्ति मात्र होइन,
नेतृत्वको अहंकार, गलत निर्णय, गुटबन्दी र दूरदर्शिताको अभाव पनि प्रमुख कारण बनेको यथार्थ अब लुकाउन सकिँदैन।
अनुभवी र इमानदार कार्यकर्ताहरूलाई पाखा लगाएर
चाकडी र स्वार्थको राजनीति हावी हुँदा
संगठन कसरी कमजोर बन्छ भन्ने उदाहरण आज स्पष्ट देखिँदैछ।
अहंकारले संगठन बलियो बनाउँदैन,
बरु संगठनलाई क्रमशः शून्यतर्फ धकेल्छ।
अर्कोतर्फ, आफूलाई राजावादी पार्टी भन्ने तर व्यवहारमा अवसरवाद देखिने अवस्था पनि देखापरेको छ।
खोक्रा भाषण र व्यवहारबीचको अन्तर अब जनताले पनि बुझ्न थालेका छन्।
राजावादी हो भने राजसंस्थाप्रति प्रतिबद्धता व्यवहारमा पनि देखिनुपर्छ।
राजाबाट चुनावबारे सर्वसम्मतिको आग्रह गरिएको चर्चा भइरहँदा त्यसलाई बेवास्ता गर्दै चुनावमा भाग लिनु उचित थियो कि थिएन भन्ने प्रश्न पनि उठ्न थालेको छ।
अब राप्रपालाई साँच्चै राजावादी भन्ने कि अवसरवादी भन्ने सक्कली कि नक्कली
यो अन्तिम निर्णय जनताले नै गर्नेछन्।
समयमै आत्ममूल्यांकन गरेर बाटो सच्याउने हो भने सम्भावना अझै बाँकी छ,
नत्र इतिहासले धेरै पार्टीहरू जस्तै
यसलाई पनि केवल स्मृतिमा सीमित गरिदिन सक्छ।