रास्वपा मकवानपुरका सभापति पराजुलीले छोडे पार्टी, फर्किए कांग्रेसमा

रास्वपा मकवानपुरका सभापति पराजुलीले छोडे पार्टी, फर्किए कांग्रेसमा

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुलीले पार्टी परित्याग गरेका छन् । उनी ३० वर्ष राजनीतिक जीवन बेतित गरेको पुरानै घर नेपाली कांग्रेसमा फर्किएका छन् ।

रास्वपा मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन्

पराजुलीलाई नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा कांग्रेस प्रवेश गराएका छन् । पराजुलीसहित रास्वपा मकवानपुरका नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए ।