रुससँगको वार्ता असफल भएमा तेस्रो विश्वयुद्ध हुनसक्छः राष्ट्रपति जेलेन्स्की
रुसका युक्रेनबीचको युद्ध नरोकिए तेस्रो विश्वयुद्ध हुन सक्ने युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताएका छन्।
आफू रुससँग वार्ताका लागि तयार रहेको भन्दै उनले रुसी राष्ट्रपति पुटिनसँगको वार्ता असफल भए तेस्रो विश्वयुद्ध हुन सक्ने उनले चेतावनी दिएका हुन्।
आफू पुटिनसँग वार्ताका लागि सधै तयार रहेको उनले बताएका छन्। ‘वार्ताबिना यो युद्ध अन्त्य गर्न सक्दैनौं,’ सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले भनेका छन्, ‘सहमतिका लागि हामीले कुनै पनि ढाँचा अवलम्बन गर्न सक्छौं । यदि, यो असफल भए तेस्रो विश्वयुद्ध हुनेछ।’
