लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा

लाभांश पारित गर्दै नबिल बैंक, बोलायो साधारणसभा


काठमाडौं ।नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। आज बसेको सञ्चालक समितिको बैठकले पुस १३ गते सभा बोलाउने निर्णय गरेको हो । सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभा प्रयोजनका लागि बैंकले गर्ने बुक क्लोजको मिति भने तय भइसकेको छैन ।

नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि शेयरधनीले सो लाभांश पाउने छन्।उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।