वीरेन्द्र तालमा हिमपहिरो खस्योः जोखिम बढेकाले तर्क रहन आग्रह

 वीरेन्द्र तालमा हिमपहिरो खस्योः जोखिम बढेकाले तर्क रहन आग्रह

काठमाडौं।  गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा ८हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ताल फुटेको नभइ हिम पहिरो तालमा पस्दा पानी बाहिर आएको र तत्काल जोखिम नभएको बताए । 

तालबाट आभेरफ्लो भएपछि आएको बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल भने बगाएको र अन्य क्षतिबारे प्रहरी टोली फर्किएपछि थाहा हुने प्रजिअ दाहालले बताए ।  बाढीले क्षति सक्ने मानव वस्ती धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन प्रहरीले आग्रह गरिसकेको छ ।मौसम परिवर्तन पछि जमेको हिउँ खसेर तालबाट पानी बाहिर निस्किएको स्थानीयको भनाइ छ । तालबाट बग्ने पानीको बाहब बढेकोले बुढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई पनि सजक रहन आग्रह गरिएको छ । 

वीरेन्द्र ताल गोरखा सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा घन्टाको दुरीमा पर्दछ । तालबाट निस्केको पानी बूढीगण्डकी नदीमा मिसिन्छ ।