‘विशेष महाधिवेशन माग गर्नु केन्द्रीय सदस्य र पदाधिकारीप्रतिको अविश्वास हो’
नेपाली कांग्रेसमा अहिले १५ औं महाधिवशेनबारे आन्तरिक किचलो बढेको छ । २८ असोजबाट सुरू भएको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूबीच महाधिवेशन कहिले गर्ने भन्नेबारे रस्साकस्सी चलिरहेको छ ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरू आगामी मंसिरमा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा मुखरित भएका छन् । तर, बैठकमा महाधिवेशनको कार्यतालिका भने पेस हुन सकेको छैन ।
नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सहमति जुट्न नसकेपछि महामन्त्री गगनकुमार थापा बिहीबारको बैठकमा सहभागी नै भएनन् ।
कांग्रेस संस्थापन पक्षले ललितपुरको धोविघाटमा लगातार दुई दिन समूहको छलफल बोलाएर ‘मंसिरमा महाधिवेशन नगर्ने, चुनावमा केन्द्रित हुने रणनीति’ बनाएको छ ।



थर्ड पोल 