सुधन गुरुङको कट्यो २४ हजार मत, कांग्रेस उम्मेदवार निकै पछाडि

सुधन गुरुङको कट्यो २४ हजार मत, कांग्रेस उम्मेदवार निकै पछाडि

गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार सुधन गुरुङले अग्रता फराकिलो बनाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार निकै पछाडि छन् । 

सोमबार बिहान १०ः२० को अद्यावधिक विवरणअनुसार गुरुङले २४ हजार ५१ मत पाएका छन् । यस्तै कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले १३ हजार ५११ मत पाएका छन् भने नेकपाका उम्मेदवार हरिराज अधिकारीले १० हजार २३१ मत पाएका छन् । 

यस्तै एमालेका उम्मेदवार आरसी लामिछानेले ३ हजार ८० मत पाएका छन् ।